यी हुन् नेपालमा पाइने एक लाख बढी मूल्यका स्मार्टफोन
1 min read
पछिल्लो समय नेपालमा पनि उच्च मूल्यका स्मार्टफोनहरु प्रशस्त बिक्री हुने गरेका छन्। कुन रेन्जका स्मार्टफोन कति बिक्री हुन्छन् भन्ने आधिकारिक तथ्यांक कतै नपाइए पनि बजारमा यस्ता फोन प्रयोगकर्ताहरु बाक्लिएका छन्।
महँगा स्मार्टफोन बनाउने विश्वव्यापी कम्पनी र तीनका ब्रान्ड नेपालमा छन्। एप्पल, हुवावे र सामसङका फोनहरु उच्च मूल्य रेन्जमा उपलब्ध छन्। यसमा एप्पलका आइफोन सबैभन्दा महँगा स्मार्टफोन हुन्। विभिन्न सिरिजका फोनहरु १ लाख माथि मूल्यका छन्।
आइफोन एक्सएस (२५६ जिबी) सिल्भरको मूल्य १ लाख ८७ हजार पर्छ। आइफोन एक्सएस ब्ल्याकको मूल्य १ लाख ८५ हजार छ। आइफोन एक्सएस म्याक्स(६४ जिबी) स्पेस ग्रेको मूल्य १ लाख ६९ हजार रुपैयाँ रहेको छ। आइफोन एक्सएस म्याक्सको १ लाख ७० हजार छ। आइफोन एक्सएस म्याक्स(६४ जिबी) गोल्डको मूल्य १ लाख ५९ हजार छ।
त्यस्तै नेपाली बजारमा पाइने १ लाख माथि मूल्य पर्ने स्मार्ट फोन हो हुवावेको मेट २० प्रो। वायरलेस चार्जिङ सुविधा भएको यो फोनको मूल्य १ लाख २९ हजार रहेको छ।
अर्को ब्रान्ड हो सामसङ ग्लालेक्सी नोट १० र एस १० सिरिजका अधिकांश स्मार्ट फोनको मूल्य १ लाखमाथि रहेको छ। ग्यालेक्सी नोट १० को सुरुवाति मूल्य १ लाख ११ हजार र एस टेनको सुरुवाति मूल्य १ लाख १ हजार रहेको छ।