Listen 24 Nepali Online Radio!
Thu. Sep 24th, 2020

24 Nepali Online Radio

सधैँ गुनुगुनाई रहनुहोस …

आधा घण्टामा फुल चार्ज हुने मोबाइल ल्याउँदै ओपो

1 min read

चिनियाँ स्मार्टफोन निर्माता ओपोले रेनो फ्ल्यासिपको नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ। कम्पनीले नयाँ र अप्रत्यासित फिचर्ससहितको फोन ल्याउने कम्पनीले घोषणा गरेको छ।

रेनो एसिइ मोबाइलमा चारवटा क्यामेरा हुने कम्पनीले जनाएको छ। ४८ मेगापिक्सेलको क्यामेरा हुने यो फोनको स्टोरेज १२८ जिबीसम्म हुने छ।

यो फोनको सबैभन्दा आकर्षक फिचर्सका रुपमा ब्याट्री र चार्जिङ सिस्टम हुने कम्पनीको दाबी छ। ४००० एमएच क्षमताको ब्याट्री हुने यो फोनमा ६५ वाटको सुपर भोक सेटअप हुने छ। दुईवटा सेल भएको ब्याट्री हुने यो फोन ३० मिनेटमा ० प्रतिशत चार्ज भएको ब्याट्री १०० प्रतिशत हुने छ।

पाँच मिनेट चार्ज गरेपछि २ घण्टा चलाउन मिल्ने कम्पनीको दाबी छ।

चिनियाँ बजारमा यो फोनको सुरुवाति मूल्य ४२० अमेरिकी डलर हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Desigin By Nabeen Chhetri.